भक्तपुर सल्लाघारीमा “मनमगन” कन्सर्ट सम्पन्न

February 25, 2019   Filed under Page3Nepal Update    Please Subscribe our Youtube Channel


शनिबार मध्यान्न बाट शुरु भएको “मनमगन” कन्सर्ट राती ८ बजे सम्म चल्यो । रशलाइट मिडियाले आयोजना गरेको उक्त कार्यक्रममा गायक  दिपक बज्रँचार्यले अहिलेको सर्बाधिक लोकप्रिय गीथ मन मगनसहित आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीये,मन मगनसहितका गीतहरुले उपस्थित दर्शकहरुलाई गायक ले नँचाएका थिए ।
राती ८ बजे सम्म आयोजना गरिएको कार्यक्रममा भक्तपुर जिल्ला लगायत आसपासका जिल्लाका संगीत पारखीहरुको मनग्य उपस्थिती रहेको थियो ।
सांगीतिक कार्यक्रका अलावा फेसन-शो को पनी आयोजना गरिएको उक्त कार्यक्रममा गायक दिपकका गीतहरुमा मोडलहरुले -याम्प वाक गरेका थिए । संगीत र फेशनको संयोजन एक दमै आकर्षक रहेको थियो । गायक बज्रचार्यको यस्तो प्रकारको कन्सर्ट कार्यक्रम देशका बिभिन्न प्रमुख शहरहरुमा आयोजना गर्ने तालिका रसलाइट मिडियाको रहेको कार्यक्रम संयोजक रमिता भण्डारीले पेज३नेपाल लाई बताएकी छिन् ।

भक्तपुरको सल्लाघारी स्थित खुला चौउरमा आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रममा यूवापिढी ले पूर्ण मनोरञ्जन लिएको उपस्थित दर्शकहरुले बताएका छन् । नेपाली गीत संगीत मन पराउने हरेक बर्ष र बर्गाका ब्यक्तिहरुको उपस्थिती रहेको सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण भनेको गायक बर्जाचार्यको मन मगन नै रहेको थियो । गायकले “मनमगन” प्रस्तुत गर्दा सम्पूर्ण दर्शकहरु नै चौउरमा नाँचेका थिए ।

कन्सर्ट फोटो कलेक्सन