कटुवा पेस्तोल सहित पक्राउ

January 20, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


सिराहा नगरपालिका-९ ठेगी बस्ने २९ वर्षीय प्रमोद यादवलाई कटुवा पेस्तोल १ थान सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका-२१ मा स.६ प ६१४० नम्बरको मोटरसाइकल जाँच गर्न क्रममा मोटरसाइकलमा सवार यादवले कटुवा पेस्तोलले प्रहरीमाथि गोली प्रहार गर्न खोज्दा जवाफमा प्रहरी टोलीद्वारा प्रतिरक्षाका लागि फायर गर्दा उनको दाहिने कुहिनामा गोली लागि घाइते भएका छन् ।

घाइते यादवलाई जिल्ला सरकारी अस्पतालमा उपचार पश्चात जिल्ला प्रहरी कार्यालय सिराहा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।