कुटपिट गर्ने पक्राउ

January 20, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


कुटपिट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ ठमेलबाट ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिल गुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराज महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका-६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौं मनमैजु बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका दुवैजनालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टे लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।