फरार प्रतिवादी पक्राउ

January 20, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


सर्वोच्च अदालतको २०५६ कात्तिक २० गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बारा करैयामाई गाउँपालिका-४ बस्ने ७२ वर्षीय मनिर मियाँ अंसारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ अंसारीलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि वीरगंज कारागार पठाइएको छ ।