भन्सार छलि ल्याएको अवैध सामान बरामद

January 20, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


बारा निजगढ नगरपालिका-९ स्थित शहिदचोकबाट भन्सार छलि ल्याएको करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको बाथरुममा प्रयोग हुने विभिन्न सामानहरु शुक्रबार प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले ना.५ ख ५९०३ नम्बरको बस जाँच गर्ने क्रममा बसको हुटमा लुकाई छिपाई राखेको ४ वटा झोलाभित्र उक्त सामानहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

प्रहरीले बरामद सामानहरु आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगज पर्सा पठाएको छ ।