समुदाय-प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

January 20, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


महानगरीय प्रहरी वृत्त दरवारमार्गको सहकार्यमा सामुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको क्षेत्रभित्र पर्ने विभिन्न वित्तिय संघसंस्था अन्तर्गत सहकारी संस्था, फाईनान्स, ईन्सुरेन्स कम्पनी, मनि ट्रान्सफरका संचालकहरुसँग शान्ति सुरक्षा, अमनचयन व्यवस्थापन लगायतका बिषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।

यसैगरी काठमाडौं महानगरपालिका-२५ बिशालबजार स्थित रहेको सासा ब्याङकेटमा समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौंको आयोजनामा उक्त क्षेत्रमा रहेका बिभिन्न बैङ्क, बित्तिय संघ संस्था र सहकारीका संचालक तथा प्रतिनिधिहरुसँग बैङ्क, बित्तिय संघ संस्था तथा सहकारीहरुले अपनाउनुपर्ने शान्ति सुरक्षा तथा सिसिटिभी सम्बन्धी अन्तरक्रिया गरिएको हो ।