नायिका ऋचाको स्वास्थ्य अबस्था सामान्य

January 17, 2019   Filed under Page3Nepal Update    Please Subscribe our Youtube Channel


बिहीबार दिउसो एक्कासी छाती दुख्न थाले पछि नायिका ऋचा शर्मालाई काठमाण्डौको नर्भिक अस्पताल पुर्याइएको थियो ।

पारिबारिक श्रोतका अनुसार अस्पतालले उनलाई शुक्रबारनै डिस्चार्ज गर्ने जनाएका छन् । हाल स्वास्थ्यमा सुधार आई रहेको र चिक्तिसको सुझाबले बिहीबार भने अस्पतालमै रहने जनाइएको छ ।

चिकित्सकहरुले उनको स्वास्थ्य परिक्षण गरी उनलाई अस्पतालमा नै भर्ना भइ थप उपचार गर्न सल्लाह दिए पछि बिहीबार उनी अस्पताल भर्ना भएकी हुन् । उपचार चलिरहेको अबस्थामा उनलाई मेजर हृदयघात भएको भन्ने बजारमा चलेको हल्लालाई नायिका ऋचाले अस्पतालको शैयाबाट फेसबुक मा भिडियो पोष्ट गरी आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको जानकारी दिएकी छिन् ।