“राईड टु कोशीटप्पु” को आयोजना हुने

January 15, 2019   Filed under Report Update    Please Subscribe our Youtube Channel


Page3Nepal सन्तोष् भट्टराई, समाचार कक्ष । स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथपहिलो पटक  उदयपुर जिल्ला साईक्लिङ संघनेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा माघ २५ र २६ गते उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हुनेभएको छ ।

बढ्दो शहरी करण र सडक चाप अनी बाताबरण प्रदुशण रोक्नका लागी पनी दुई पांग्रे साईकलको प्रयोगको मोह बिकासमा यस्ता आयोजनाले टेवा पुर्याउने आयोजको ठम्याई रहेको छ ।

उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम हुने जानकारी आयोजकले गराएको हो ।

अन्य जिल्लाहरुमा हरेक बर्ष आयोजना भईरहने  यस्ता कार्यकमले आफूहरुलाई पनी उत्प्रेरणा मिलेको बताउदै जिल्लामा साईकल प्रयोगकर्ताहरु बढ्दै गएको अबस्थामा ब्यबस्थित र भाईचाराको बृद्धि हुने भएको ले पनी कार्यक्रमको सोच बनाईएको आयोजकको भनाई रहेको छ ।

जिल्लाको पर्यटन विकासको लागि हुने सो कार्यक्रममा उदयपुर र देशको बिभिन्न जिल्लाका साईकलप्रेमीहरु सहभागि हुने आयोजकले जनाएको छ।यात्राको क्रममा तीनवटै नगरपालिकाका बजार क्षेत्र हरुको परिक्रमा गरिनेछ।

साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढी नगरपालिका हुदै बेलका नगरपालिकाको रामपुर बजार हुदै कोशीटप्पु सप्तकोशी सम्मको हुने उदयपुर जिल्ला साईक्लिंग संघ का नबिन बाबु राईले पेज३नेपाल लाई जानकारी गराएका छन्  ।