माघ ५ गते संगीतकार मनराज नकर्मी एकल साँझको आयोजना गरिने

January 14, 2019   Filed under Page3Nepal Update    Please Subscribe our Youtube Channel


सन्तोष भट्टराई, पेज३नेपाल |

रेडियो नेपालका बरिष्ठ संगीतकर्मी मनराज नकर्मीको एकल साँझ आगामी माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पक्का भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। नेपालका प्राय सुगम संगीतका गायक गायिकाहरु संग काम गरि सकेका संगीतकार नकर्मीले पत्रकार सम्मेलनमा आफू यस्तो किसिमको कार्यक्रम हुन लागेको मा खुशी रहेको बताएका छन् ।

एकल साँझ कार्यक्रममा नकर्मीद्वारा संगीतबद्ध गीतहरुलाई गायक मदन कृष्ण श्रेष्ठ, कुन्ति मोक्तान,निशा देसार, टिका प्रसाईं , सन्तोष लामा, आनन्द कार्की, संगीता राना प्रधान, यम बराल, दिपक लिम्बु, लगायतका गायक गायिकाहरुले आ-आफ्नो स्वरांकनमा भएको गीत प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रममा दिनेशराज रेग्मीको संयोजकत्वमा २१ जना वाद्यवादकहरुका साथमा करिब डेढ दर्जन प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

संगीतकार नकर्मीकी सुपुत्री नायिका आशिष्मा नकर्मीले समेत कार्यक्रममा आफ्नो नृत्य गर्ने जनाइएको छ । प्रस्तुत गर्ने छिन् ।