नेपाली चलचित्र “सय कडा दश” को गीत सार्बजनिक

January 14, 2019   Filed under Cinema    Please Subscribe our Youtube Channel


नेपाली कथानक चलचित्र ‘सय कडा दश’को गीत ‘पिरतीको गाउँ…’ बोलको गीत रिलिज गरिएको छ । गित सोमबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
स्वप्न सुमन र त्रिसला गुरुङको स्वर रहेको गीतमा कल्याण सिँहले संगीत रहेको छ भने शब्द रवी मल्लको छ ।
‘सय कडा दश’ भ्रष्टार विरुद्धको कथा समेटिएको चलचित्रमा हाँस्य कलाकार मनोज गजुरेलका डेब्यू चलचित्र होे ।
रामशरण पाठकले निर्देशन तथा स्क्रिप रहेको चलचित्र माघ १८ गते रिलिज हुने भएको छ । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुङ्गाना करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई लगायत कलाकार मुख्य भूमिकामा छन् ।