अभिनेत्री वर्षा राउत र उनका प्रेमी अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिने मिति पक्का

January 14, 2019   Filed under Page3Nepal Update    Please Subscribe our Youtube Channel


प्रेमसम्बन्धमा रहेका नेपाली फिल्मकी अभिनेत्री वर्षा राउत र उनका प्रेमी अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरु प्रेम दिवसको दिन अर्थात् फागुन २ गते लगनगाँठोमा कसिने भएका हुन ।

लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले सोमवार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका छन् । विवाहको मिति उल्लेख भएको कार्डमा वर्षा र संजोगले भनेका छन, ‘योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं ।’

अभिनेत्री वर्षा अहिले चलेकी नायिका हुन । उनको नयाँ सिनेमा चौका दाउ अहिले हलमा प्रदर्शा भैरहेको छ भने ’गोपी’ आउँदो माघ १८ गतेबाट रिलिज हुँदैछ । यस्तै, वर्षाले ‘दाल भात तरकारी’ को छायांकन भर्खरै सकाएकी छन् । ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी वर्षाको नाम अहिलेकी व्यस्त अभिनेत्रीको सूचीमा आउँछ ।

संजोग कोइरालाले पनि नेपाली सिनेमामा अभिनय गरेका छन् । उनले अभिनय गरेका सिनेमाले सफलता हात पार्न नसकेपनि आफ्नो नीजि व्यवसायमा भने सफल छन् । उनको पछिल्लो रिलिज सिनेमा ’कथा काठमाडौं’ र छक्का पञ्जा ३ हो ।
पाँच वर्षअघि एक सिनेमाको अडिशनको क्रममा उनीहरुको पहिलो पटक भेट भएको थियो । विवाहको मिति उल्लेख भएको कार्ड दुवैले आआफ्नो फेसबुकमा एकसाथ सेयर गरेका छन् ।