मन्त्रालयको १०० दिने कार्यक्रम भित्र बक्स अफिस लागू समेत पर्यो

April 23, 2018   Filed under पेज३नेपाल अपडेट    Please Subscribe our Youtube Channel


सन्तोष भट्टराई, पेज३नेपाल ।
नेपाली चलचित्र उधोगमा अहिले निकैनै चर्चाको बिषय बनेको छ बक्स अफिस लागू । सिनेमाहलहरुले बिरोध जनाउन थालेका छन् भने सरकार ले आफ्नो १०० दिन भित्र सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत बक्स अफिस लागू गर्ने भनी सार्बजनिक गरेको छ । आइतबार संञ्चार तथा सूचना प्रबिधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सचिव श्री महेन्द्रमान गुरङले घोषणा गरिएका २१ बुँदेको प्रगति समिक्षा १५/१५ दिनमा मा. राज्यमन्त्रीज्यूको उपस्थितिमा गरिने भएकोले प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयमा घोषित कार्यक्रम भित्र बक्स अफिस लागू समेत परेको ले चलचित्र बिकास बोर्ड अध्यक्ष निकिता पौडेल थप दबाबमा परेकी छिन् । बैशाख १ गते देखी नै लागू गर्ने भनेर बोर्डले घोषणा गरे पनी न्यूनहलहरुमा मात्र परिक्षणको रुपमा अहिेल बक्स अफिस ई-टिकेटिंग र सर्भर जडान कार्य सम्पन्न भएको छ । हाल बोर्ड अध्यक्ष नै सञ्चालक रहेको चावहिलस्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्णसंगै कोटेश्वर जडिबुटिस्थित पुष्पाञ्जली, बौद्धस्थित सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ ।

सरकारले आज जारी गरेको १०० दिने कार्य बिबरण को सम्पन्न असार मसान्त सम्म जुनसुकै हालतमा लागू हुनु पर्ने निर्देशन मन्त्रीले पत्रकार सम्मेलनमा उपस्थित बिभागीय प्रमुखहरुलाई दिएका छन् ।