हेटौडाकी श्रृंखला खतिवडा बनिन् मिस नेपाल बर्ल्ड-२०१८

April 11, 2018   Filed under पेज३नेपाल अपडेट    Please Subscribe our Youtube Channel


केन्द्रिय राजधानी काठमाण्डौ को दरबारमार्ग स्थित पाँच तारे होटल अन्नपूर्णमा गत बुधबार राती सम्पन्न मिसनेपाल कार्यक्रममा २४ प्रतिष्पर्धीलाई उछिन्दै हेटौडाकी २२ बर्षीया श्रृंखला खतिवडाले मिस नेपाल बर्ल्ड-२०१८ हात पारेकी छिन्

उनले ताज पहिरे संगै नेपालको प्रतिनिधित्ब गरेर मिस वर्ल्डमा सहभागी हुने छिन् । प्रतिनिधि सभा सदस्य बिरोध खतिवडा र ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी श्रृंखला फेसनका अलावा लेखन कार्यमा समेत रुचि राख्ने गर्दछिन् ।

पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्टमा स्नातक गरेकी श्रृंखला ५ फिट ६ इन्चकी रहेकी छिन् । मिस नेपालको ताज पहिरे पछि उनले आफूमा जिम्मेवारी बढेको महसुस गरेको बताएकी छिन् । आफ्नो देशको प्रतिनिधित्व गर्दै मिस बर्ल्डमा सहभागी हुने बिजेता बन्ने दृण बिश्वास आफूमा रहेको उनी बताउछिन् ।

प्रतियोगिताका मुख्य निर्णायक गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएका चारलाई शीर्ष विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा मनिता देवकोटाले मिस नेपाल यूनिभर्सको उपाधि जितेकी छिन् । प्रिया सिग्देलले मिस नेपाल अर्थको उपाधि जितिन् भने रोनाली अमात्यले मिस नेपाल इन्टरनेशनलको एवार्ड जित्न सफल भइन् ।