सलमान खानले पाए जमानत

April 9, 2018   Filed under पेज३नेपाल अपडेट    Please Subscribe our Youtube Channel


कालो हरिण मारेको आरोपमा जेल परेका भारतीय अभिनेता सलमान खानले जमानत पाएका छन् ।

२० बर्ष अघिको मुद्दामा जोधपुर जिल्ला अदालतले खानलाई ५ बर्षको कैद सजाय सुनाएको थियो ।

अदालतको फैसलासँगै जेल पुगेका सलमानका वकिलले उच्च अदालतमा अपिल गरेका थिए । अपिल स्वीकार गर्दै आजै जेलबाट रिहा गर्न पनि निर्देशन दिएको छ । उनी जेलबाट बाहिर निस्कीएपनि देश बाहिर जान भने हरेकपटक अदालतको अनुमति लिन पर्ने भएको छ ।
सलमानका वकिलले अदालतमा पेश गरेको प्रमाण यसप्रकार छन् ।

सलमान खानका वकीलले अदालत समक्ष भने ‘यो मुद्दाको २० बर्षमा सलमान खानले कलिे पनि अदालतको अबहेलना गरेनन् । उनी सधै सुनुवाईका बेला उपस्थीत भए र सधै अदालतलाई सहयो गरे ।’
सलमानका वकीलले भने सलमान निर्देष छन् । उनलाई झुटो मुद्दामा फसाउन खोजिएको छ । जमानतमा रिहा गर्ने फैसला पछि यसबाट न्याय मिलेको बताए ।