साहित्य संगम बुटवलकाे २८०अाैं श्रृङखला सम्पन्न

April 7, 2018   Filed under पेज३नेपाल अपडेट >>>> Please Subscribe our Youtube Channel

साहित्य संगम बुटवलकाे २८०अाैं श्रृङखला जीवराज अाश्रीत प्रतिष्ठान बुटवलमा सम्पन्न भएको छ । अग्रज साहित्यकार अजम्बरध्वज खातीकाे सभापतित्व तथा विशिष्ट गजलकार प्राज्ञ बूँद रानाकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको हाे ।

कार्यक्रममा देवेन्द्र घिमिरे, रुद्र ज्ञवाली, लक्ष्मण ज्ञवाली, हरिप्रसाद पाैडेल, मीन राना, यज्ञलाल सुवेदी, वेदप्रसाद पन्थ, कृष्णप्रसाद ज्ञवाली, गिरि श्रीस, दुर्गा पाैड्याल, विष्णु पछाई खाती, पुरुषाेत्तम पाण्डेय, सरिता श्रीस, कृष्ण घिमिरे गाउँले, सागर केसी, सुनिता चुँदाली, गंगा अभिलाषी, खगेन्द्र बस्याल, दुर्गा विश्वकर्मा भावुक, शब्द शंकर, गणेश खनाल, पशुपति अाचार्य, विश्वबन्धु क्षेत्री, मनाेजकुमार खनाल, जीवन राकसकाेटी, अनुसुया ढकाल लगायतकाले रचना वाचन गर्नुभएको थियाे । वाचित रचनाहरुकाे समीक्षा समीक्षक रामचन्द्र श्रेष्ठले गर्नुभएको थियोे ।

हिमलाल ज्ञवाली, हिरन्यलाल ज्ञवाली लगायत तीन दर्जनबढी स्रष्टाहरुकाे सहभागिता रहेको कार्यक्रमकाे सञ्चालन कार्यक्रम संयाेजक गुरुप्रसाद कुमाल बुलबुलले गर्नुभएको थियोे भने अागामी २८१अाैं श्रृङखलाकाे संयाेजक अनुसुया ढकाललाई चयन गरिएको छ ।