बलिउड अभिनेता सलमान खान दोषि ठहर

April 5, 2018   Filed under पेज३नेपाल अपडेट    Please Subscribe our Youtube Channel


बलिउड अभिनेता सलमान खानलाई भारतको एक अदालतले कालो हरिणको सिकार गरेको अभियोगमा कारबाहीको फैसला सुनाएको छ । लामो समय देखी मुद्दा खेप्दै आएका भारतिय अभिनेता सलमानलाई भारतको जोधपुरको स्थानीय अदालतले दोषी करार गर्दै ५ बर्षको काराबास सजाय तोकेको छ ।

सिनेमा छायांकनको दौरान सन् १९९८ मा दुर्लभ जनावर दुईवटा कालो हरिणको सिकार गरेको आरोपमा अदालतले उनलाई कारवाहीको फैसला गरेको हो । अदालतको फैसला पछि सलमान कानुनको पालना गर्दै आफ्नो निजी सवारी साधनको सट्टा प्रहरीको जिप चढेर जेल गएका छन् । अदालको फैसला पछि याचिका पत्र दर्ता नभएकोले बिहिबारको रात उनले जोधपुरको जेलमा नै बिताउनु पर्ने छ । सलमान खानको जमानत पुर्जी शुक्रबार मात्र दर्ता हुने र अदालतले जमानतमा छोड्न आदेश नदिएमा उनी जेलमै रहने छन् ।

उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ ।