सरकारद्वारा जारी निर्देशिका पछि सार्बजनिक सवारीमा नेपाली संगीत नबजाउन निर्देशन

April 2, 2018   Filed under पेज३नेपाल अपडेट >>>> Please Subscribe our Youtube Channel

सांगीतिक स्रष्टाहरुको सम्मानार्थ सरकारको निर्देशन पछि यातायात ब्यबस्था बिभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्देशिका जारी गरे छ ।

यातायात ब्यवस्था बिभागले जारी गरेको नयाँ कार्यबिधि अनुसार सार्बजनिक सवारी साधनका धनिहरुले अब रुट परमिट लिन, नयाँ सवारी दर्ता गर्दा, सवारी नामसारी गर्दा संगीत सम्बन्धी रोयल्टी बुझाएको प्रमाण अनिबार्य पेश गर्नु पर्ने भएको छ ।

सार्बजनिक सवारी साधनमा गीतहरु अत्याधिक बज्ने भन्दै स्रष्टाहरुले रोयल्टी माग गरेपछि बिभागले रोयल्टी बुझाउन सार्बजनिक सवारी महासंघहरुलाई निर्देशन पत्र जारी गरेको थियो ।

सरकारको निर्देशनमा बिभागले जारी गरेको निर्देशन पश्च्यात नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आहृवान गरेको छ ।

यातायात व्यवस्था विभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्देशिका जारी गरेपछि महासंघले यातायात व्यवसायी तथा मजदुरहरुलाई गीत संगीत नबनाउन आहृवान गरेको हो ।

महासंघले सरकारले संशोधन गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकाका सम्बन्धमा छलफल गर्न चैत २६ गते परिषद बैठक पनि बोलाएको छ ।