वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नि शोक

April 3, 2018   Filed under पेज३नेपाल अपडेट >>>> Please Subscribe our Youtube Channel

आफ्नो सारा पिडालाई भुलेर सारालाई हँसाउन तत्पर बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नि शोक परेको छ ।

लामो समय देखी क्यानसर रोगको उपचार गराई रहेकी हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको उपचारकै क्रममा ललितपुरको हात्तिबन स्थित क्यानसर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

लोप्रिय कलाकार मदनकृष्ण श्रेष्ठलाई परेको शोक मा साथ दिन समकालिन देखी कनिष्ठ सम्मका कलाकारहरु अस्पताल पुगेका छन् भने मृतक यशोदाको आजै पशुपती आर्यघाटमा अन्तेष्टी गरिने पारिबारिक शुत्रले जनाएका छन् ।

कलाकार मदन कृष्ण श्रेष्ठ र यशोदाको कोख बाट दुई सन्तान एक छोरा कलाकार एबमं गायक यमन श्रेष्ठ र छोरी गायिका सराना रहेका छन् ।