बरिष्ठ सितार बाधक सुरज बैधको निधन

April 1, 2018   Filed under पेज३नेपाल अपडेट >>>> Please Subscribe our Youtube Channel

बरिष्ठ सितार बाधक सुरज बैधको निमोनियाको कारण शनिबार राती निधन भएको छ । काठमाण्डौको त्रिबि शिक्षण अस्पतालमा बिगत दुई हप्ता अघि भर्ना भइ उपचाररत स्रष्टा सुरज बैधको निमोनियाको कारण मृ्त्यु भएको उनको परिबारले जनाएको छ ।

शुरुमा सुरसुधा संग संलग्न उनी पछि सुरसुधा समुहबाट अलग्गीएर गएका थिए । सितार बजाएर उनले देश बिदेशमा ख्याती कमाएका थिए । उनको आइतबार नै पशुपती आर्यघाटमा परम्परा अनुसार अन्तेष्टी सम्पन्न गरिएको छ ।

सितारलाई इलरक्ट्रिक डिभाइस संग मिंक्स गरे बजाउने क्षमता उनमा थियो । सितारलाई गीतार झै बोकेर स्टेजमा उनले बजाउदा उनको संगीतमा संगीत पारखीहरु निकै निकै नै झुम्थें । आफूलाई सितार योगीको रुपमा उनले पछिल्लो समय चिनाएका थिए ।

स्रष्टा बैधको आमा,श्रीमती र एक छोरा रहेका छन।