चलचित्र कोहलपुर एक्सप्रेस को ट्रेलर सार्बजनिक

March 28, 2018   Filed under सिनेमा    Please Subscribe our Youtube Channel


अभिनेत्री के.की अधिकारी निर्मात्री रहेको नेपाली चलचित्र “कोहलपुर एक्सप्रेस” को ट्रेलर एक समारोहको बिच सार्बजनिक गरिएको छ । नायिका ऋचा शर्मा, के.की अधिकारी र आर्की नायिका प्रियंका कार्कीको अभिनय रहेको चलचित्रको कथा,सम्बाद निर्देशन बिशाल भण्डारीको रहेको छ । बिभिन्न नेपाली भिडियोहरुमा सफल निर्देशन गरि अनुभव बटुलेका निर्देशक भण्डारीको यो पहिलो चलचित्र निर्देशन हो ।

राजधानीमा एक समारोह बिच सार्बजनिक गरिएको चलचित्र “कोहलपुर एक्सप्रेस” को ट्रेलरमा कमेडी सम्बादहरु समावेश गरिएता पनी चलचित्रको आंकलन पहिलो ट्रेलर बाट लगाउन नसकिने निर्माण पक्षले जनाएको छ ।

ट्रेलर सार्बजनिक कार्यक्रममा निर्दैशक बिशालले सिनेमा हेर्न आउने दर्शक पूर्ण सिनेमा हेर्न बस्ने छन् भन्ने बिश्वाश आफू र निर्माण टिमले लिएको बताएका छन् । विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, बलकलाकार कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा अर्जुन तिवारीको छायांकन र भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।