११ लाख तिरी निर्माता सुभाष गिरी हिरासत मुक्त

March 28, 2018   Filed under सिनेमा    Please Subscribe our Youtube Channel


निर्माता/संगीतकार शम्भु प्रधानले नेपाली चलचित्रका निर्माता सुभाष गिरी बिरुद्ध संगीत चोरीको आरोप लगाई हिजो प्रहरी हिरासतमा राखेता पनी आज उनीहरु दुबै बिच बार्ता र संम्झौता पश्च्यात प्रहरीको रोहबरमा निर्माता सुभाष गिरीले ११ लाख क्षतिपूर्ती भुक्तानी गरे पछि प्रहरीले हिरासत मुक्त गरेको छ । हिरासतबाट बाहिरिने बित्तिकै निर्माता गिरीले आफूले सदैब चलचित्र स्रष्टाहरुलाई सम्मान गर्ने गरेको भएता पनी आजको घटना बाट आफू बिचलित भएको जनाएका छन् । हिजो सामान्य सोधपुछका लागी भनेर बोलाइएता पनी उनी प्रहरी परिशर टेकु पुगे पछि हिरासातमा राखिएको थियो ।

आज सुवासलाई छुटाउन फिल्म ‘कृ’का अर्का निर्माता भुवन केसी, निर्देशक आकाश अधिकारी, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, कृ’ निर्देशक सुरेन्द्र पौडेल लगायत महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । चलचित्र कृ मा समावेश गीतको बोल मध्ये एक उकालीमा अघि अघि….ओरालीमा पछि पछि …. बोलको गीत २०४० सालामा आफू द्वारा निर्माण गरेको चलचित्रको भएको र उक्त बोल आफ्नो चलचित्रको लोकप्रिय गीत भएकोले प्रतिलिपी अधिकारको उल्लंघन भएकोले हर्जना दाबी गरी निबेदन दिएका थिए ।

यो घटना पछि चलचित्र उधोगमा दुई पक्ष देखिएको छ । एक पक्ष ठिक र आर्को बेठिक …. तर निर्माता सुभाष चाहि आफू यो घटनाबाट मर्माहत हुन पुगेको र दोषी नै रहे पनी साधारण छलफल गर्ने भनेर बोलाएर हिरासतमा राखिएको प्रति दु:ख जनाएका छन् ।