गायिक रुपा बिष्टको पल पल हरपल गीत को भिडियो सार्बजनिक

March 26, 2018   Filed under भिडियो    Please Subscribe our Youtube Channel


गायिका रुपा बिष्टको पलपल हरपल बोलको गीतको भिडियो सार्बजनिक भएको छ । म्यूजिक नेपाल को यूट्यूब च्यानलबाट उनले आफ्नो पछिल्लो गीतको भिडियो सार्बजनिक गरेकी हुन् । गायिका बिष्टको यो गीतलाई गीतकार भुपेन्द्र खड्काले लेखेको हुन् भने गायिका स्वयमंले संगीत भरेकी छिन् । नृत्य निर्देशक सुमन सागर जंग केसी द्वारा निर्देशित भिडियोमा कलाकारहरु चेत, रजनी, अन्जु, सबिना र नम्रताको नृत्यको साथका गायिका रुपा बिष्ट लाई पनी देख्न सकिन्छ ।

पछिल्लो समय गीतलाई सुन्ने मात्र नभएर हेर्ने प्रबिधीको बिकास हुदै जाँदा दर्शक स्रोताहरु समक्ष पुग्नका लागी भए पनी भिडियो निर्माण आबस्यकता भएको महशुस गरेर आफ्नो पुरानै गीत भए पनी भिडियो बनाएर दर्शक माझ प्रस्तुत गरेको गायिका बिष्ट ले पेज३नेपाल संगको कुराकानीमा बताएकी छिन् ।