७ बर्ष पछि जेम्सको सांगीतिक एल्बम “क्रम” बजारमा

March 26, 2018   Filed under संगीत >>>> Please Subscribe our Youtube Channel

बम भोले बम ___ हरेक बर्ष शिबरात्रीको दिन यो गीत बजेकै हुन्छ नेपाली रेडियो अनि टिभीहरुमा । गायक जेम्स प्रधानको यो गीतले नेपाली संगीत पारखीहरुलाई स्रष्टा संग अझ नजिक ल्याउन मद्दत पुर्याउछ । गायक जेम्स पनी खुशी नै छन् आफ्नो गीतले प्रत्येक बर्ष स्रोताहरुको मन जित्न सफल भएको मा । तर उनै जेम्स पछिल्लो दशक भने गायन एल्बम निकाल्न भन्दा पनी बढी रेडियो टिभी बिज्ञानपनमा स्वर र संगीत दिन ब्यस्त रहे । आफ्ना श्रोताहरुलाई लामो गीत नदिए पनी हजारौ जिंगलमा स्वर भरेर श्रोता नजिकै रहेको बताउछन् । भैगो उनी जाऊन् भन्ने बोलको ऊनको लोकप्रिय गीत मध्येको एक हो ।

ऊनै जेम्स प्रधानले पछिल्लो समय भने करिब सात बर्षको अन्तरालमा आफ्नो एकल एल्बम सार्बजनिक गरेका छन् । जेम्स ले ७ बर्ष पछि “क्रम” एल्बम बजारमा सार्बजनिक गरेका छन् । सार्बजनिक भएको एल्बमको २ गीतको भिडियो पनी उनले डिजिटल प्लाटफर्म यूट्यूब बाट दर्शकमाझमा ल्याएका छन् । पछिल्लो समय नेपाली स्रोता दर्शकमाझ सोसियल प्लाटफर्म निकै नै लोकप्रिय बन्दै गएकोले गायक जेम्स ले पनी आफ्नो एल्बमका गीतहरुको भिडियो आफ्नै च्यानलबाट सार्बजनिक गरेका हुन् ।

आफ्नो समयमा सोसियल प्लाटफर्महरु बिरलै रहेका र अहिले मिडियाको रुपमा नै संसार भर सोसियल प्लाटफर्महरु भएकोले यूट्यूब र साऊण्डक्लाउड मार्फत आफ्नो गीतहरु सार्बजनिक भएको उनले घोषणा गरेका थिए । जेम्सम पछिल्लो समय सार्बजनिक भएको एल्बम “क्रम” मा रहेको गीतहरु मध्ये ‘भागेर जाऊँ…’, ‘एकै छिन पर्ख…’ लगायतका गीतलाई उनका संगीत पराखीहरुले मनपराउन थालिसकेका छन् । यी मध्ये दुइटामा विप्लव प्रतीक र पुरुषोत्तम सापकोटाका शब्द छन् भने बाँकी सबै गीतमा जेम्सकै शब्द, संगीत, गायन र संगीत संयोजन रहेको छ ।