भारतीय नायिका श्रीदेबीको निधन

February 25, 2018   Filed under पेज३नेपाल अपडेट    Please Subscribe our Youtube Channel


भारतीय चर्चित नायिका श्रीदेवीको गए राती निधन भएको छ । ५४ बर्षकी नायिका श्रीदेवी आफ्नो परिवारको साथ बैबाहिक समारोहमा सहभागी हुन दुबई पुगेकी थिइन् । पारिबारिक सदस्य भान्जाको बैबाहिक समारोहमा सहभागी हुन नायिका श्रीदेबी दुबई पुगेकी थिइन् । बैबाहिक समारोहमा उपस्थित उनको हृदयघातका कारण मृत्यु भएको उनको परिवारले पुष्टी गरेको छ। पति र कान्छी छोरी को साथमा एक पारिबारिक बैबाहिक समारोहमा सहभागी हुन उनी दुबई गएकी थिइन् । सन् १९६३ मा उनको जन्म भएको थियो ।

दुबई बाट नायिका श्रीदेबीको पार्थिव शरिर भारत ल्याउन लागिएको छ । बलीउड स्तब्ध भएको भारतीय कलाकारहरुले आ-आफ्नो ट्वीट मार्फत जनाएका छन् । ४ बर्षको उमेर देखी नायिका श्रीदेबीले अभिनय यात्रा शुरु गरेकी थिइन् ।

मध्यरातमा आएको खबरले रातभर भारतीय सिनेमा उधोग चर्चा पाइ रह्यो । भारतीय महानायक अमिताब बच्चनले ट्वीटमार्फत आफूलाई घबराहट महशुष भइरहेको बताएका छन् भने बेलायतमा रहेका शत्रुघन सिन्हाले एबिपी न्यूज संग कुरा गर्दै स्वास्थ्य को ख्याल गर्ने, सदैब आफूलाई र आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने सदाबहार नायिका श्रीदेबीको हृदयघातका कारण मृत्यु भन्ने खबरले आफूलाई स्तब्ध बनाएको जनाएका छन् ।