कन्दरा समुहको नयाँ भिडियो सार्बजनिक

February 18, 2018   Filed under भिडियो    Please Subscribe our Youtube Channel


सांगीतिक समुह कन्दरा लामो समयपछि दर्शक तथा स्रोतामाझ आएको छ । कन्दराका गायक बिवेक श्रेष्ठको स्वरमा उक्त रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । लामो समयदेखि संगीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरुलाई समर्पित गरिएको गायक बिवेक श्रेष्ठले बताएका छन् । कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा संगीत दिएका छन् । संगीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका संगीत संयोजक हुन् ।