फागुन ११ मा लाग्ने भयो साढे ७

January 28, 2018   Filed under सिनेमा    Please Subscribe our Youtube Channel


पेज३नेपाल सम्बाददाता ।

नेपाली सांगीतिक क्षेत्रमा उच्च स्थान बनाई सकेका गायक हुन् सत्यराज आचार्य । उनै सत्यराज आचार्य पुनः मुख्य भुमिकामा रहेको चलचित्र साढे ७ आगामी फागुन ११ मा हलहरुमा सार्बजनिक हुने मिति तय निर्माण पक्षले गरेको छ । यस अघि पनी चलचित्रहरुमा अभिनय गरि सकेका सत्यको यो चलचित्रमा भने आफ्नो लगानी समेत रहेको छ ।

नेपालको तराईमा राजनैतिक आन्दोलन चर्किदा नाकाबान्दी सहित बिभिन्न धन,जनको क्षति हुन पुग्यो । नेपाल पत्रकार महासंघ, अन्तराष्ट्रि पत्रकार संघ (आइएफजे)ले केही वर्ष पहिले मधेशलाई पत्रकारको लागि असुरक्षित र जोखिम क्षेत्रको रुपमा प्रस्तुत गरेका थिए । सोही घटनामा केन्द्रित रहेर कथा बस्तु निर्माण गरी चलचित्र साढे ७ तयार पारिएको छ । थ्रीलर ड्रामा ‘साढे ७’ चलचित्रमा सत्यरा आचार्य सहित पछिल्लो समय ज्वलन्त अभिनय गर्ने भनी चिनिएकी नायिका मेनुका प्रधान, अभिनेता सुनिल थापा , कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ ।

” नेपाली सिनेमा निर्माणमा यति धेरै प्राबिधिक कार्य सम्भबतः पहिलो पटक नै होला , हाम्रो चाहना भनेको दर्शकलाई सिनेमा हेरुन्जेल कथा र अभिनयका साथै हरेक कुराले यथार्थ झल्काओस् भन्ने हो ” अन्तराष्ट्रिय गुणस्तरको निर्माणको लागी कुनै कसर छोडेको छैन ” निर्माता मध्येका एक नरेशदेब पन्तले पेज३नेपाल संग को कुराकानीमा बताएका छन् ।

चलचित्र सफल हुनुमा अभिनयको मात्र नभएर पर्दा पछाडीका धेरै हातहरु समावेश भएका हुन्छन् । हामीले सिनेमा हेर्ने दर्शकले अन्तराष्ट्रिय स्तरको सिनेको हेरेको अनुभुती गरुन् र नेपाली सिनेमा निर्माण प्रति गर्व गरुन् भनेर हेरेक कुरामा बिशेष ध्यान पुर्याउदै आफूहरुको चलचित्र साढे७ निर्माण गरिएको अर्का निर्माता एबमं संगीतकार सन्तोष सुबेदी (डिजे सन्तोष) ले बताएका छन् । सिनेमा साढे७ को भीएफएक्स खर्च अहिले सम्मकै नेपाली चलचित्रमा सर्बाधिक रहेको छ ।