चलचित्र साढे ७ कि नायिका परिन् दुर्घटनामा

January 29, 2018   Filed under पेज३नेपाल अपडेट    Please Subscribe our Youtube Channel


आगामी फागुन ११ गते प्रदर्शन मिति तोकिएको चलचित्र साढे ७ कि नायिका मेनुका प्रधान स्कुटर दुर्घटनामा परेर घाईते भएकी छिन् ।

उनी सवार स्कुटरलाई मोटरसाइकल ले ठक्कर दिए पछि लडेर उनको एक खुट्टा भाँचिएको छ । दुर्घटनामा उनको खुट्टा भाँचिएको र स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

हाल पलास्टर गरे निवाशमै स्वाथ्य लाभ गरि रहेकी नायिका यति बेला आफू अभिनित चलचित्रको प्रचार प्रसारमा हिड्न पर्ने थियो ।

उनी अभितिन चलचित्रहरु “शेरबहादुर”“साढे७” प्रदर्शनको तयारीमा रहेकाछन् । नायिका नै दुर्घटना परेर प्रचार प्रसारमा हिड्न नसक्ने भए पछि दुबै चलचित्र निर्माण पक्ष निरास भएका छन् ।

हाल दुबै चलचित्रले नायिका मेनुका बिनानै आफ्ना चलचित्रको प्रचार प्रसार गरि रहेका छन् । नायिका मेनुका प्रधान अभिनित चलचित्र शेरबहादुर पहिला र दोस्रोमा साढे सात प्रदर्शन तयारीमा रहेका छन् ।